पोखरामा सवारी दुर्घटना, दुई जना घाइते
पोखरा
पोखरामा सोमबार सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटनमा ग२०प ४२०५ को मोटरसाइकल र ग२३प ३२२९ नम्बरको स्कूटर ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा स्कूटर चालक बैदामका ४२ वर्षीय अर्जुन पहारीको हात भाँचिएको छ भने मोटरसाइकल पछाडि बस्ने यामबहादुर गुरुङ घाइते भएका छन् । उनीहरुको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी शिवप्रसाद पाठकले जानकारी दिए ।
उनका अनुसार मोटरसाइकल चालक एलेक्स पनि दुर्घटनामा सामान्य घाइते भएका थिए । उनलाई उपचारपछि बैदाम प्रहरीको हिरासतमा राखिएको छ ।