मुलुकमा स्थायित्व आवश्यक छ: कांग्रेस सभापति देउवा
पोखरा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थायित्व आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले राजनीतिक दलहरुले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताएका हुन् । उनले वर्तमान निर्वाचन प्रणालीले संसदमा कुनै एउटा राजनीतिक दलले बुहमत ल्याउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपरेको जिकिर गरे ।