पूर्वी नवलपरासी: कुमारवर्तीको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी
पोखरा
पूर्वी नवलपरासीको सबैभन्दा जेठो कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भारी मतान्तरले नेविसंघको प्यानल विजयी भएको छ ।
सभापतिमा नेविसंघका सुदिप चापागाईं, सचिवमा कुमार सिंजाली मगर, कोषाध्यक्ष वर्षा खरेल निर्वाचित भएका छन् ।चापागाईंले २ सय २९ मत ल्याउँदा प्रतिस्पर्धी अनेरास्ववियुका गौरव अधिकारीले ३९ मत पाए । यहाँ नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनावमा होमिएका थिए । निर्वाचन समितिका अनुसार यहाँ विजयी टिमले दुई तिहाईभन्दा बढी मत ल्याएको छ ।
सदस्यहरुमा सिर्जना श्रेष्ठ, कृष्ण रिजाल, अखिल (क्रान्तिकारी)की लोकमाया दर्लामी विजयी भएका छन् । कावासोतीकै मध्यबिन्दु बहुमुखी क्याम्पस र देवचुली क्याम्पस रजहरमा मतगणना जारी छ । यसअघि नै तीनवटा क्याम्पसमा निर्विरोध समिति चयन भैसकेको छ । कालिका बिद्यापिठ, एसपिएम कलेज गैंडाकोटमा नेविसंघको प्यानलनै निर्विरोध भैसकेको छ भने अरुणखोला बहुमुखी क्याम्पसमा गोला तानेर निर्वाचन परिणाम घोषणा गरिएको हो ।