फ्रान्सको लगातार दोस्रो जित
पोखरा
युरोकप छनोटमा फ्रान्सले लगातार दोस्रो जित निकालेको छ।
आयरल्यान्डस्थित डब्लिनमा गएराति भएको खेलमा फ्रान्सले आयरल्यान्डलाई १ –० गोलले पराजित गर्यो।पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ५० औँ मिनेटमा बेन्जामिन पाभर्डले निर्णायक गोल गरेका थिए। राष्ट्रिय टिमको कप्तानका रुपमा डेब्यु गरेका किलियन एम्बाप्पेले छनोटको अघिल्लो खेलमा नेदरल्यान्डविरुद्ध २ गोल र १ असिस्ट गरे पनि आयरल्यान्डसँगको खेलमा गोल गर्न सकेनन्। समूह बी मा रहेको फ्रान्स २ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। आयरल्याण्ड चौंथो स्थानमा रहेको छ ।