राष्ट्रपति पौडेलको पेटमा समस्या देखिएपछि अस्पताल भर्ना
पोखरा
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको छ । पेटमा समस्या देखिएपछि उनलाई शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ ।
राष्ट्रपति पौडेल चिकित्सकहरुको निगरानीमा रहेको शिक्षण अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा २०७९र१२र१८ को साँझ भर्ना हुनुभएको छ । हाल उहाँ चिकित्सकहरुको निगरानीमा हुनुहुन्छ ।’