पोखरास्थित गुप्तेश्वर गुफा व्यवस्थापन अध्यक्षमा बास्तोला निर्वाचित
पोखरा
पोखरास्थित गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको अध्यक्षमा लक्ष्मण बास्तोला निर्वाचित भएका छन् ।
समितिको २७ आंै साधारणसभा एवं १० औं अधिवेशनले बास्तोलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा युवक लामिछाने, उपाध्यक्षमा ईश्वरी प्रसाद लम्साल, सचिवमा हरि प्रसाद लम्साल, सहसचिवमा ऋषिराम बराल, कोषाध्यक्षमा राजन अधिकारी र सह-कोषाध्यक्षमा विजयराज आचार्य छन् ।
यसैगरी कार्यसमिति सदस्यमा खेमराज बराल, कृष्णप्रसाद पोख्रेल, विजय पौडेल, ऋतुनाथ लम्साल, दिपकराज बराल, सरस्वती केसी कार्की छन् ।