नेपाल र यूएईको बाँकी खेल भोलि हुने
पोखरा
एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल र यूएईको बाँकी खेल भोलि हुने भएको छ ।
सोमबार वर्षाले खेल स्थगित हुन पुग्यो । नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जादा दोस्रो पटक खेल रोकिएको थियो । दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि वर्षा नरोकिएपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरेका हुन् ।