पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
पोखरा
पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा १५, नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङ हुन् । पोखरा १७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो साढे ३ बजे उनी डुबेर बेपत्ता भएको खबरपछि उद्धारका लागि प्रहरी पुगेको थियो ।वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको कमाण्डमा १० सदस्यीय उद्धार टोलीले उनलाई फेला पारी गण्डकी अस्पताल लगेकोमा चिकित्सकले पौने ५ बजे मृत घोषणा गरेका थिए ।