राष्ट्रपति पौडेलले आफ्नो उपचार खर्च आफै ब्यहोर्ने
पोखरा
राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै ब्यहोर्ने भएका छन ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनले आफ्नो खर्च आफै ब्यहोर्ने भएका हुन । ‘उपचारको क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अवगत गराइन्छ,’ कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
छातिमा जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए । १० दिन लामो उपचार पछि राष्ट्रपति पौडेल आइतबार राती स्वदेश फर्केका हुन ।