यूएईलाई पराजित गर्दै नेपाली क्रिकेट टोली एसिया कपमा प्रवेश



पोखरा

इतिहास रच्दै नेपाली क्रिकेट टोली एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसिया कपमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा मंगलवार यूएईलाई ७ विकेटले हराएर नेपालले एसिया कपमा स्थान सुरक्षित गरेको हो। मंगलवार ११८ रनको लक्ष्य पछ्याएको नेपाललाई जित दिलाउन गुलसन झाले महत्वपूर्ण अर्धशतकीय इन्निङ्स खेले। जवाफी ब्याटीङमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सकेन।

एसिया कप पुग्न यूएईले नेपालसामू ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कीर्तिपुरमा आज सम्पन्न एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो। सोमवारको वर्षाले खेल बिथोल्दा सम्म २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो। तर, त्यतिकैमा वर्ष सुरु भएपछि बाँकी खेल मंगलवारका लागि सरेको थियो। घरेलु मैदानमा एसिया कपको ‘बाटो’ मानिएको प्रिमियर कप जितेसँग नेपालले एसिया कप खेल्ने पक्का भएको छ। एसिया कपमा नेपाल क्रिकेटका शक्ति राष्ट्र भारत र पाकिस्तान रहेको समूहमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja