गण्डकीको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा



पोखरा

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्ण देवकोटा नियुक्त भएका छन् ।

गण्डकी सरकारको आइतबार बसेको बैठकले ४१ वर्षीय देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।गोरखाको पालुङटार नगरपालिका ३ लिगलिगकोट स्थायी घर भएका देवकोटाले दक्षिण कोरियाबाट विपद् व्यवस्थापनसहित भूगर्भशास्त्रमा पीएचडी गरेका छन् । उनी विपद् व्यवस्थापन, विकास योजना र विभिन्न अनुसन्धानमा क्रियाशील रहँदै आएका थिए ।

देवकोटाले संविधानले दिएको म्यान्डेटअनुसार सीमाभित्र रहेर प्रदेश र संघीयतालाई बलियो बनाउने काममा लाग्ने बताए । साथै प्रदेशमा पर्यटन, दिगो कृषि र जलस्रोतको उपयोगलाई कसरी बढाउने भन्ने विषयमा बढी केन्द्रित हुने उनको भनाइ छ । ‘माध्यामिक र सरकारी शिक्षालाई पनि सुधार्नुपर्ने अवस्था छ,’ उनले भने, ‘प्रदेश सरकारको अधिकारको सीमामा रहेर काम गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja