पूर्व गृहमन्त्री खाँणलाई तीन दिन हिरासतमा राख्न अनुमति



पोखरा

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । 

जिल्ला अदालत काठमाडौँले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँणमाथिको थप अनुसन्धान अघि बढाइनेछ ।  प्रहरीले बुधबार बिहान पक्राउ गरेको खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत लगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो । नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja