संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन



पोखरा

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ ।

नेपाली कांग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए । २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म सक्रिय थिए ।

काग्रेसको केन्द्रिय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका थिए । बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए । उनलाई वीपी कोइरालाका अनुयायी, चिन्तक, लेखकसमेत मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja