अवरुद्ध महेन्द्रराजमार्ग खुल्यो
पोखरा
महेन्द्रराजमार्गअन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा डाइभर्सनमा फसेको गाडी निकालेपछि बुधबार बिहानबाट अवरुद्ध भएको चोरमारा अरुखोला खण्ड खुलेको छ । सिमसिम झरीले डाइभर्सन सडकमा गाडी फसेका कारण बुधबार बिहान साढे ५ बजेबाट राजमार्ग अवरुद्ध सडक अहिले केहिबेर अघिबाट खुलेको प्रहरीले जनाएको छ । काम थालेको साढे ४ वर्षको अवधिमा २८ प्रतिशत मात्र काम सम्पन्न भएका कारण राजमार्गमा खाल्डैखल्डा र धुलैधुलो छ । सामान्य झरीमा समेत राजमार्ग अवरुद्ध हुने गरेको छ ।