सबै प्रकारका होडिङ बोर्डहरु हटाउन पोखरा महानगरको सूचना
पोखरा
पोखरा महानगरपालिकाले होर्डिङ बोर्ड हटाउने भएको छ ।
महानगरपालिका कायपालिकाको २०७४ माघ ५ गतेको निर्याय अनुसार राजश्व परामर्श समितिको यही जेठ ५ गते बसेको बैठकले शहरी सुन्दरतालाई ध्यानमा राख्दै सबै प्रकारका होर्डिङ बोर्ड हटाउने निर्णय गरिएको महानगरले जनाएको छ । राजश्व परामर्श समितिको निर्णय अनुसार महानगरले मंगलबार सूचना जारी गदै महानगर क्षेत्र भित्र रहेका सार्वजनिक तथा निजी घरका छत र सार्वजनिक तथा निजी जमिनमा रहेका सबै प्रकारका होडिङ बोर्डहरु हटाउन सम्बन्धीत पक्षलाई आग्रह गरेको छ ।
बैशाख ९ गते जारी सूचना अनुसार १५ दिन भित्र होर्डिङ बोर्ड र बोर्ड राख्न प्रयोग भएको स्टेन्ड समेत हटाउन र नहटाएमा प्रचिलित कानुन बमोजिम गरिने सूचनामा उल्लेख छ । स्थानीय सरकारको अनुमती बिना होर्डिङ बोर्ड राख्न नपाईने र महानगरले कुनै पनि संस्था वा व्यक्तीलाई होर्डिङ बोर्डका लागि अनुमती नदिएको महानगरले जनाएको छ ।