साफ च्याम्पियनसिप फुटबल: भारतसँग नेपाल पराजित
पोखरा
भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा सम्पन्न खेलमा भारतसँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो ।
भारतका लागि कप्तान सुनिल क्षेत्रीले ६२ औँ र ७० औं मिनेटमा महेश सिंह नोरिम गोल गरे । रोमाञ्चक बनेको खेलमा नेपाले प्राप्त गरेका गोलका अवसरहरु सदुपयोग गर्न सकेन । हारसँगै नेपाल समुह चरणाबाटै बाहिरीएकाे छ । यसअघि पहिलो खेल नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४– ० ले हराएको थियो । नेपालले अब पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।