कास्की प्रहरीको सक्रियतामा लागु औषधको होलसेलर पक्राउ



पोखरा

कास्की प्रहरीले गत असार ३० गते पोखरा महानगरपालिका -१ बगर बस्ने ४९ वर्षीय अर्जुन गुरुङलाई अवैध लागु औषध ६७४ एम्पुलसहित पक्राउ गरिएपश्चात गरिएको अनुसन्धानका क्रममा रुपन्देहीको भैरहवा बस्ने ‘रमेश गुप्ता; भनिने प्रकास बानियाँले लागु औषधको अवैध कारोवार गर्ने गरेको भन्ने सूचनाका आधारमा कास्की प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय बुटवललाई हुलिया सहितको विवरण पठाएको थियो।

कास्की प्रहरीको सक्रियतामा विवरण पठाए पश्चात खोजीकार्य शुरु गरेको रुपन्देही प्रहरीको टोलीले आज सोमबार बिहान अन्दाजी १० बजेको समयमा बुटवल उपमहानगरपालिका -२ मैनावगरतर्फ लागु औषध बिक्रीका लागि ल्याउँदै गरेको अवस्थामा लागु औषध फेनरागन ४५७ एम्पुल, नुर्फिन ४६२ एम्पुल, सेरीजेट ४७६ एम्पुल, नाईट्रोसन ६७५ चक्की र नाईट्रोभ्याट ७० चक्कीसहित रूपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका – ३ खजना बस्ने वर्ष ४५ वर्षीय रमेश गुप्ता भनेर चिनिने प्रकाश बानियाँ, बुटबल -२ मैनाबगर बस्ने ४५ वर्षीया सानदेवी पुन र नवलपरासी जिल्ला सरवाल गाउँपालिका – ४ बस्ने ३४ वर्षीया सुभादेवी हरिजनलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja