स्क्रबटाइफस रोगका बिरामी बढ्दै



पोखरा

मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् ।

विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बिरामी सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ ।

यसअघि आव २०७६/७७ मा २९ र आव २०७५/७६ मा २५ मा उक्त रोग फेला परेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस रोग लाग्ने गर्दछ । यसबाट बच्न। उक्त किरा खासगरी खेत, झाडी, घाँसलगायतका स्थानमा बस्ने मुसा प्रजातिमा पाइन्छ ।

स्क्रब भएका मानिसलाई १०४ डिग्रीभन्दा बढी कामज्वरो, धेरै टाउको दुख्ने, पसिना धेरै आउने आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्ग काम गर्ने छोड्ने बताइएको छ ।

यसका लक्षणहरू : 

 जाडो लागेर ज्वरो आउनु
 टाउको र शरीर बेस्सरी दुख्नु
 फोटोमा देखाए जस्तै दाग देखिनु
 जन्डिस देखा पर्नु
 शरीरमा सबै प्रकारका रक्त–कोशिकाको कमी हुनु
 वान्ता हुनु
 मृगौला, कलेजो, मुटु र फोक्सो बिग्रिनु

सुरुवाती अवस्थामै पत्ता लागे यो रोग सामान्य औषधीले निको हुन्छ । तर, कडाखाले अवस्थामा पुगेपछि भने आइसियुमा समेत भर्ना गर्नुपर्ने अवस्था आउन सक्छ ।

जोगिने उपाय :

 खेतबारीमा नाङ्गो खुट्टा नजाने
 राम्ररी कपडा लगाई मात्रै खेतवारीमा जानु
 खेतबारीमा किटनाशक औषधी छर्नु

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja