स्क्रबटाइफस रोगका बिरामी बढ्दै
पोखरा
मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् ।
विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७/७८ मा बिरामी सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ ।
यसअघि आव २०७६/७७ मा २९ र आव २०७५/७६ मा २५ मा उक्त रोग फेला परेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस रोग लाग्ने गर्दछ । यसबाट बच्न। उक्त किरा खासगरी खेत, झाडी, घाँसलगायतका स्थानमा बस्ने मुसा प्रजातिमा पाइन्छ ।
स्क्रब भएका मानिसलाई १०४ डिग्रीभन्दा बढी कामज्वरो, धेरै टाउको दुख्ने, पसिना धेरै आउने आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्ग काम गर्ने छोड्ने बताइएको छ ।
यसका लक्षणहरू :
जाडो लागेर ज्वरो आउनु
टाउको र शरीर बेस्सरी दुख्नु
फोटोमा देखाए जस्तै दाग देखिनु
जन्डिस देखा पर्नु
शरीरमा सबै प्रकारका रक्त–कोशिकाको कमी हुनु
वान्ता हुनु
मृगौला, कलेजो, मुटु र फोक्सो बिग्रिनु
सुरुवाती अवस्थामै पत्ता लागे यो रोग सामान्य औषधीले निको हुन्छ । तर, कडाखाले अवस्थामा पुगेपछि भने आइसियुमा समेत भर्ना गर्नुपर्ने अवस्था आउन सक्छ ।
जोगिने उपाय :
खेतबारीमा नाङ्गो खुट्टा नजाने
राम्ररी कपडा लगाई मात्रै खेतवारीमा जानु
खेतबारीमा किटनाशक औषधी छर्नु