धादिङमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु



पोखरा

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङ कालुपाण्डे मार्ग अन्तर्गत ससाहमा बसको ठक्करबाट नीलकण्ठ नगरपालिका वडा नं. ३ रिजालथोककी ३५ वर्षकी सुशीला भुजेलको ज्यान गएको छ ।

मलेखुबाट धादिङबेसीतर्फ जाँदै गरेको बा५ख १२५० नम्बरको बसले बा१६प ६६८५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भुजेलको मृत्यु भएको हो ।

साँघुरो सडकमा बसले ओभरटेक गर्नेक्रममा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी भुजेललाई उपचारका लागि धादिङ अस्पताल पुर्याइएको थियो । अस्पताल पुगेको केही बेरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बस, मोटरसाइकल र बसका चालक प्रहरी नियन्त्रणमा रहेको मोटरसाइकल चालक भने सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja