धादिङमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु
पोखरा
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङ कालुपाण्डे मार्ग अन्तर्गत ससाहमा बसको ठक्करबाट नीलकण्ठ नगरपालिका वडा नं. ३ रिजालथोककी ३५ वर्षकी सुशीला भुजेलको ज्यान गएको छ ।
मलेखुबाट धादिङबेसीतर्फ जाँदै गरेको बा५ख १२५० नम्बरको बसले बा१६प ६६८५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भुजेलको मृत्यु भएको हो ।
साँघुरो सडकमा बसले ओभरटेक गर्नेक्रममा ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी भुजेललाई उपचारका लागि धादिङ अस्पताल पुर्याइएको थियो । अस्पताल पुगेको केही बेरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बस, मोटरसाइकल र बसका चालक प्रहरी नियन्त्रणमा रहेको मोटरसाइकल चालक भने सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।