पूर्वी नवलपरासीको कावासोतीमा बस पल्टिँदा ११ यात्रु घाइते
पोखरा
पूर्वी नवलपरासीको कावासोती जंगलमा बस पल्टिँदा ११ यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको लोकल बसले नियन्त्रण गुमाउँदा बिहीबार दिउँसो दुर्घटना भएको हो । घाइतेहरु सबैको डण्डास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बसका चालक फरार रहेका छन् ।दुर्घटनामा परेकामध्ये २ जना चितवनका र अन्य सबै स्थानीय हुन् । घाइतेहरु खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।