एक वर्षको अवधिमा लमजुङमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु



पोखरा

लमजुङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर १७  जनाको ज्यान गएको छ ।

आर्थिक वर्ष ०७८–०७९ मा जिल्लामा विभिन्न स्थानमा भएको २२ सवारी दुर्घटनामा परी १७ जनाको ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा भएका सवारी दुर्घटनामा ८ जना गम्भिर घाइते र १७ जना समान्य घाइते भएका थिए ।  गएको आर्थिक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये सवै भन्दा धेरै मोटरसाइकल रहेका छन् ।  

सो अवधिमा जिल्लामा १० वटा  ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै, अन्य सवारी साधनहरुमा ट्रयाक्टर ६ वटा, ट्रक र जिप दुई–दुई वटा,  बस र अन्य सवारी साधान एक र एकवटा दुर्घटना भएको ट्राफिक कार्यालयका प्रहरी सहायक हवल्दार सुभाष रानाभाटले बताए  ।  


सवारी दुर्घटना सम्वन्धि कार्यालयको तथ्यांकअनुसार विगत ४ वर्षमा गत वर्ष सबैभन्दा धेरै सवारी दुर्घटनामा परि मानिसले ज्यान गुमाएका छन् । जिल्लामा आर्थिक वर्ष ०७५÷०७६ मा १४ सवारी दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको थियो । 

आर्थिक वर्ष ०७६–०७७ मा जिल्लामा १३ सवारी दुर्घटनाहरु भएका थिए । ति दुर्घटनामा परेर ८ जनाको ज्यान गएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्ष ०७७–०७८ मा २१ सवारी दुर्घटनाहरु भएका थिए भने ती दुर्घटनामा परि ११ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांक छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja