बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन 



पोखरा

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा गत शुक्रबार खसेको पहिरो पन्छाएर आज साँझदेखि यातायात सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । 

पूर्वाधार विकास कार्यालयले उपकरण परिचालन गरेर सडक मर्मत गरेको हो । हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएपछि बागलुङ तर्फबाट बेनी आउने सवारी साधनहरु खबरामै रोकिने गरेका थिए । बेनीबाट बाग्लुङ जान आउन बेनी–मालढुङ्गाको घुमाउरो सडक प्रयोग गर्नुपर्ने समस्या थियो । 

बागलुङ बेनी सडक बन्द भएपछि निर्माणाधीन बेनी–मालढुङ्गा सडकमा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाइएको थियो । बेनी–मालढुङ्गा सडक निर्माणलाई तीव्रता दिन म्याग्दी र मुस्ताङ जाने आउने सवारी साधनहरुलाई बागलुङ भएर सञ्चालन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja