पद्म नर्सिङ होमका संस्थापक अध्यक्ष कुमार शमशेर राणाको निधन
पोखरा
पोखराका वरिष्ठ फिजिसियन एवं पद्म नर्सिङ होम प्रालि पोखराका संस्थापक अध्यक्ष कुमार शमशेर राणाको ८५ वर्षको उमेरमा आज बिहान ७ः१० बजे निधन भएको छ ।
उच्च रक्तचाप, मधुमेह र दमसँगै निमोनियाबाट पीडित उनी पाँच दिनदेखि फेवासिटी अस्पतालमा उपचाररत थिए । राणा फादर अफ एलोपेथिक मेडिसिनका रुपमा परिचित थिए । स्व. राणाको आज रामघाटमा दाहसंस्कार गरिएको छ ।