पोखराको हेम्जामा स्कुटर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरी घाइते



पोखरा

पोखरा हेम्जामा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर गएराति ८ बजे पोखरा महानगरपालिका २५ हेम्जा, हनुमानटोलमा सडकको डिभाइडरमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक ५० वर्षीय बलबहादुर राईको मृत्यु भएको छ । मृत्यु हुने राई तनहुँको व्यास नगरपालिका १, दमौलीका स्थानीय हुन् ।

स्कुटरको पछाडी सवार राईकी १५ वर्षीया छोरी सोनी घाइते भएकी छन् । दुर्घटनामा घाइते दुवैलाई उपचारको निम्ति फिस्टेल अस्पताल लगिएको थियो । चालक राईको उपचारकै क्रममा मृत्यु भएको हो । सोनीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja